
शरीर र आत्मापछि एकैछिन प्रेम र आकर्षण (Eros) बारे प्लेटोका विचारलाई हेरौँ । मानिसको जीवनमा प्रेमको भूमिकाको विस्तृत चर्चा प्लेटोले आफ्नो 'सिम्पजिअम' (Symposium) पुस्तकमा गरेका छन् ।
प्लेटोले प्रेमलाई फराकिलो अर्थमा व्याख्या गरेका छन् । उनका विचारमा ज्ञान र प्रेम अन्तर्सम्बन्धित हुन्छन् । मानिस ज्ञान वा बौद्धिकताबाट निर्देशित भए पनि यिनीहरूमा उसको आकर्षणको आधार प्रेम हो ।
कुनै कुरा असल वा उपयोगी छ भन्ने थाहा पाएर मात्र मानिस त्यसलाई प्राप्त गर्ने बाटामा हिँड्छ भन्ने छैन , उसले असल कुरालाई प्रेम गर्न पनि सक्नुपर्छ । प्रेमको महत्त्वमा जोड दिँदै प्लेटोले यो पनि भने कि असल कुराबारे पूर्ण ज्ञान त्यो बेलासम्म प्राप्त गर्न सकिँदैन , जुन बेला सम्म मानिसले असल प्रेम गर्न सक्दैन।
प्रेमको अवधारणालाई प्लेटोले ठोस रूपमा पनि व्याख्या गरेका छन् । पुरुष र महिलाबीच हुने प्रेमको प्रसङ्गमा प्लेटो भन्छन् ,आत्मालाई नभई शरीरलाई प्रेम गर्ने प्रेमी जी अश्लील हो।
यसबाट प्रेमी आफैँ स्थिर छैन भन्ने देखिन्छ किनकि उसले यस्तो कुरालाई प्रेम गरेको छ , जो आफैँमा स्थिर छैन । यस्तो प्रेममा जब प्रेमीले चाहेको यौवन अवस्था सकिन्छ , तब उसको प्रेम उडेर जान्छ ।
असल कुरा ( आत्मा ) माथिको प्रेम जीवनभरलाई हुन्छ र यसको अन्त्य हुँदैन । प्लेटोले असल प्रेमको व्याख्या गर्न ' प्रेमको भयङ '(Ladder of love को उपमा प्रयोग गरेका छन् ,जसमा उनी भन्छन् 'प्रेम शरीरको आकर्षणबाट शुरू हुन सक्छ तर यो उन्नत हुँदै गएर सबै प्रकारका शरीरप्रतिको प्रेममा रूपान्तरण हुन्छ ।
त्यसपछि प्रेम आत्मासँग आकर्षित हुन्छ । अर्को चरणमा मानिसले विधि , कानून वा समाजका संस्थालाई प्रेम गर्न थाल्छ । त्यसभन्दा माथि ज्ञानप्रतिको प्रेम हुन्छ । र, अन्त्यमा मानिसले प्रेमलाई नै प्रेम गर्न थाल्छ ।
' प्लेटोका प्रेमसम्बन्धी यो आदर्श अवधारणा प्लेटोनिक लभ (Platonic love) का नामले संसारमा प्रसिद्ध छ ।
Comments
Post a Comment