Skip to main content

ईश्वरको अस्तित्त्व

"डेकार्टका" भनाइमा ईश्वर छन् भन्ने विचार अरू सबै विचारभन्दा अलग छ किनकि अन्य विचारका विपरीत यो विचार मानिसको मस्तिष्कमा विद्यमान हुनु नै ईश्वरको अस्तित्वको प्रमाण हो। यो विचारलाई संशय वा परीक्षण गर्न आवश्यक छैन । डेकार्टका अनुसार हामी रहेको संसारका लागि एउटा रचनाकार आवश्यक हुन्छ । रचनाको स्वाभाविक नियम के हो भने ठूलो (Greater) ले सानो (Lesser) लाई रचना गर्छ । मानिस 'सानो' रचनाकार हो । सानो रचनाकारले अनन्त र असीमितको अस्तित्वबारे विचार रचना गर्न सक्दैन । ईश्वरको अस्तित्व नभई उनको अस्तित्वबारे विचार हाम्रो मस्तिष्कमा आउनु सम्भव छैन । 

        ईश्वरको अस्तित्वबारे डेकार्टले प्रस्तुत गरेको व्याख्यामा विज्ञान पनि समेटिएको छ । उनी भन्छन् 'हामीमा आफ्नो संसारबारे जान्ने जुन उत्सुकता छ ,त्यो ईश्वरको चाहना नभई सम्भव छैन ।ईश्वर चाहन्छन्- हामी जतिसक्दो बढी ज्ञान प्राप्त गरी हामीले सही पद्धति अपनाएर र यथेष्ट प्रयत्न गरेर संसार बुझ्न गरेका प्रयासमा ईश्वरको पनि साथ रहन्छ ।असल प्रयासमार्फत सत्यको खोजी गर्ने हो भने हाम्रा संशयलाई ईश्वरले स्पष्ट पारिदिन्छन् । 

 ईश्वरको भूमिकाबारे डेकार्टको अर्को एउटा बुझाइलाई हेरौँ,जसले सम्भवतःबाहिरी संसार र अनुभवलाई आपसमा जोड्ने आधार प्रदान गर्छ । प्रिन्सिपल्स अफ फिलोसफी पुस्तकमा उनी भन्छन् 'सचेत मस्तिष्कका सहायताले हामी भ्रम र असत्य कुरा पन्छाउँदै बाहिरी संसारबारे ठोस र विशिष्ट बुझाइ (Clear and Distinct Perception) हासिल गर्न सक्षम छौं ।डेकार्ट भन्छन्' यी ठोस र विशिष्ट बुझाइलाई सत्य बनाउने जिम्मा ईश्वरको हो । ईश्वरले नै हामीलाई असत्य विचार (वा भ्रम) मा विश्वास गर्न लगाउने हो भने हामी झन् धेरै गल्ती गर्दै जान्छौँ । यसो गर्नुमा ईश्वरको केही स्वार्थ हुँदैन । ईश्वर ठग (Deceiver) हुन सम्भव छैन । त्यसैले इमानदार प्रयासका आधारमा हामी जुन अनुभवलाई मस्तिष्कको सहायताले सत्य मान्छौँ,त्यो सत्य नै हुन्छ । '


Comments

Popular posts from this blog

प्रेम

समाजले मानिसलाई कसरी पागल बनाउँछ

हामी आज मान्छेको 'पागलपन' व्यवहारहरू सँग कस्तो व्यवहार गर्छौं ? मलाई लाग्छ,यस प्रश्नको जवाफ दिन त्यति धेरै असहज छैन।पागलपन एक प्रकारको मानसिक रोग हो भन्ने हामी सबैमा बुझाइ रहेको पाइन्छ।कुनै मानिसमा पालगपनको लक्षण देखिएमा उसलाई मानसिक अस्पतालमा जचाउँन सुझाब सल्लाह दिन्छौं हामी उसलाई तुरुन्त मानसिक अस्पतालमा भर्ना पनि गर्छौ।अस्पतालमा चिकित्सकले विस्तृत परीक्षण गरेपछि लक्षणका आधारमा उपचार विधि तय गर्छन् र उसको 'रोग'लाई आधुनिक चिकित्सा पद्धतिको सहायताले नियन्त्रणमा लिने प्रयास गरिन्छ । नुवाकोमा तारमा झुन्डिएको प्रसंगलाई जोडेर हेर्ने हो भने ककनी गाउँपालिका-७ स्थित बिजुलीको प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय "माइला विक" दिनभर झुन्डिएर बसे। उनी बिहानै पोलमा झुन्डिएपछि स्थानीय प्रशासनले बिजुली बन्द गर्न अनुरोध गरेका थिए। जसको कारण प्राधिकरणको झण्डै एक करोड बराबरको क्षति भएको छ।प्रहरी स्रोतका अनुसार विकको मानसिक सन्तुलन अवस्था गुमेको छ। जसकारण पनि उनको उद्धारमा निकै कठिनाइ भएको थियो। माइला झुन्डिएको करिब करिब ९ घन्टापछि नेपाली सेनाले हेलिकप्...