"डेकार्टका" भनाइमा ईश्वर छन् भन्ने विचार अरू सबै विचारभन्दा अलग छ किनकि अन्य विचारका विपरीत यो विचार मानिसको मस्तिष्कमा विद्यमान हुनु नै ईश्वरको अस्तित्वको प्रमाण हो। यो विचारलाई संशय वा परीक्षण गर्न आवश्यक छैन । डेकार्टका अनुसार हामी रहेको संसारका लागि एउटा रचनाकार आवश्यक हुन्छ । रचनाको स्वाभाविक नियम के हो भने ठूलो (Greater) ले सानो (Lesser) लाई रचना गर्छ । मानिस 'सानो' रचनाकार हो । सानो रचनाकारले अनन्त र असीमितको अस्तित्वबारे विचार रचना गर्न सक्दैन । ईश्वरको अस्तित्व नभई उनको अस्तित्वबारे विचार हाम्रो मस्तिष्कमा आउनु सम्भव छैन । ईश्वरको अस्तित्वबारे डेकार्टले प्रस्तुत गरेको व्याख्यामा विज्ञान पनि समेटिएको छ । उनी भन्छन् 'हामीमा आफ्नो संसारबारे जान्ने जुन उत्सुकता छ ,त्यो ईश्वरको चाहना नभई सम्भव छैन ।ईश्वर चाहन्छन्- हामी जतिसक्दो बढी ज्ञान प्राप्त गरी हामीले सही पद्धति अपनाएर र यथेष्ट प्रयत्न गरेर संसार बुझ्न गरेका प्रयासमा ईश्वरको पनि साथ रहन्छ ।असल प्रयासमार्फत सत्यको खोजी गर्ने हो भने हाम्रा संशयलाई ईश्वरले स्पष्ट पारिदिन्छन् । ईश्वरको ...